काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ ।
राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै प्रहरी टोलीले उनको उद्धार गरी वीर अस्पताल पुर्याएको थियो ।
गम्भीर रूपमा जलेका राउतको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया