भूमिहीन र सुकुमबासीको व्यवस्थापन प्रक्रिया अघि बढ्यो

लोकपथ
455
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका र अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया सुरु भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले शनिबार सूचना जारी गर्दै विस्थापितहरूको व्यवस्थापनका लागि काम अघि बढाइएको जानकारी दिएको हो ।

समितिका अनुसार भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, भूमिहीन सुकुमबासीलाई कानुनअनुसार व्यवस्थापन गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले प्रक्रिया सुरु गरिएको हो ।

यसका लागि बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणलाई आधार बनाइएको समितिले जनाएको छ । होल्डिङ सेन्टरमा रहेका र डिजिटल विवरणमा समावेश भएका लाभग्राहीको व्यवस्थापन तोकिएको प्रक्रियाअनुसार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?