जेनजी आन्दोलनले ध्वस्त बनाएको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

लोकपथ
28
Shares

विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट ध्वस्त भएको सुपरमार्केट पुन निर्माणपछि आज देखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

आगजनीपछि करिब १० महिनासम्म बन्द रहेको सुपरमार्केटको पुनर्निर्माण सम्पन्न भएपछि सेवा पुनः सञ्चालनमा आएको हो । पुनः सञ्चालनसँगै दैनिक उपभोग्य वस्तुदेखि अन्य सामग्री खरिदका लागि उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ ।

भाटभटेनी पुनः सञ्चालनमा आएपछि स्थानीय व्यवसायिक गतिविधिमा समेत थप चलायमान हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?