काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले गणेशको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
‘डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा हामीले ५ सदस्यीय छानबिन समिति पनि गठन गरेका छौँ । ३ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ महानगर प्रहरीलाई । यसमा हामी निष्पक्ष रुपमा छानबिन पनि गर्छौँ,’ उनले भने ।
यसैगरी बिहीबार आत्मदाहको प्रयास गरेका गणेशलाई बचाउन आफूहरुले ठूलो प्रयास गरे पनि सफल नभएको बताए । गणेशलाई भारत लगेर उपचार गरेर भए पनि ज्यान बचाउन खोजेको र आफू रातभर त्यसको. व्यवस्थापनमा जुटेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया