राहदानी विभागअघि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

लोकपथ
511
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।

वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका नेपालीको केहीबेरअघि निधन भएको हो ।

मुगुको सोरु गाउँपालिकाका नेपालीले बुधबार त्रिपुरेश्वरस्थित सडकमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । घटनापछि प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ठूलो भाग गम्भीर रूपमा जलेको थियो र स्वास्थ्य अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको थियो ।

आत्मदाह प्रयासको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?