काठमाडौं । राहदानी विभागअघि आत्मदाहको प्रयास गर्दा घाइते भएका मुगुका गणेश नेपालीको उपचार अहिले वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा भइरहेको छ ।
यसअघि, उनलाई राति नै थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो । तर चिकित्सकहरूले अहिलेको अवस्थामा स्थानान्तरण गर्दा ज्यानको जोखिम बढ्न सक्ने सुझाव दिएपछि तत्काल भारत नलैजाने निर्णय गरिएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजाने तयारी छ ।
गणेश नेपालीलाई बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरिरहेको जनाइएको छ । टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्था स्थिर बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ ।
सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया