काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री तथा नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर काम गरिरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री पोखरेलले सरकारले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको दाबी गरेका हुन् ।
उनले सरकारको पहिलो १०० दिनमै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति, मितव्ययिता, योग्यताका आधारमा नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अघि बढाइएको बताए ।
मन्त्री पोखरेलले सरकार सुशासनलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यसम्पादनमा केन्द्रित रहेको उल्लेख गर्दै आगामी दिनमा पनि शासकीय सुधारका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए ।
उनले भने, ‘सय दिनभित्रै भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अघि बढेको छ । शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखी बनाउँदै लगिएको छ। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन कायम गर्न नेपाल सरकार निरन्तर प्रतिबद्ध रहेको छ ।’
मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत ठोस कदम चाल्दै सेवा प्रवाहलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया