काठमाडौं । नेकपा (एमाले) की सांसद यशुदाकुमारी बरालले सरकारले सुकुमबासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले सुकुमबासीलाई नगद रकम थमाएर सडकमा धकेल्ने कार्य मानवअधिकारविपरीत भएको भन्दै सरकारलाई गम्भीर प्रश्न गरिन् ।
उनले सुकुमबासी पनि राज्यका नागरिक भएकाले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । ‘सुकुमबासी जनता हुन् कि होइनन् ? उनीहरूले बाँच्न पाउने कि नपाउने ? २५ हजार रुपैयाँ हातमा थमाएर सडकमा धकेलिदिँदा मानवअधिकार हनन हुन्छ कि हुँदैनरु उनीहरूले स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ,‘भन्दै उनले गरिबको आँसुको मूल्य महँगो हुने चेतावनी दिइन् ।
सांसद बरालले सुकुमबासीको समस्या समाधानमा संवेदनशील हुन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उनीहरूको आवास र जीविकोपार्जनको अधिकार सुरक्षित गर्न आग्रह गरिन् ।
त्यसैगरी, उनले प्रधानमन्त्री बालेन्द्र साहमाथि संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप पनि लगाइन् । संसदको गरिमा कायम राख्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार थप जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया