काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम बिहीबार पनि जारी रहेको छ । हिजो (बुधबार) झैँ आज पनि सुनको भाउ ओरालो लाग्ने क्रममा छापावाल सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १६० रुपैयाँले घटेको हो ।
बुधबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया