महिला–बालबालिका मन्त्रालय आउने अशक्तलाई अब ह्वीलचेयर सेवा

पहुँचयुक्त र समावेशी सेवा प्रवाहतर्फ सरकारको नयाँ पहल

लोकपथ
0
Shares
Mahila balbalika ministry – 1

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आज बुधबारदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ ।

शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका, अपांगता भएका, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा ह्वीलचेयर सेवा उपलब्ध गराइएको हो ।

मन्त्रालयमा सेवा लिन आउने नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने अपेक्षा सो मन्त्रालयले गरेको छ

अब मन्त्रालय परिसरमा आउने सेवाग्राहीले आवश्यकताअनुसार ह्वीलचेयर प्रयोग गरी सहज रूपमा आफ्नो काम सम्पन्न गर्न सक्ने मन्त्रालयले जनाएको छ । यस व्यवस्थाले अपांगता भएका व्यक्ति तथा शारीरिक कठिनाइ भएका नागरिकको सेवा पहुँचमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको पनि सो मन्त्रालयले लिएको छ ।

नेपाल सरकारको समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहको प्रतिबद्धताअनुरूप मन्त्रालयले यो पहल अघि बढाएको हो । मन्त्रालयले आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै थप सुधारका कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?