काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले अधिकृत आठौँ तहका यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनलाई सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ स्थित मिर्चैया (बन्दीपुर सडक खण्डबाट नियन्त्रणमा लिइएको हो ।
खानतलासीका क्रममा उनको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ र एउटा मोबाइल समेत बरामद गरिएको अख्तियारले जनाएको छ ।
सब–डिभिजन वन कार्यालय प्रमुख यादवमाथि उद्योगका लागि ल्याइएका काठहरूको सिलबन्दीअनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको आरोप पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया