काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६४.६९ प्रतिशत उत्तीर्ण भएका छन् ।
ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५२३ जना उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षामा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् ।
बोर्डका अनुसार, परीक्षामा १४ हजार ३६२ जनाले २.०० देखि २.४०, ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८०, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १ हजार १९५ जनाले ३.२० देखि ३.६० र ४५ जनाले १.६० देखि २.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् ।
बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस÷यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।
परीक्षा मर्यादाविपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया