सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

लोकपथ
553
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ । हिजो (सोमबार) झैँ आज पनि सुनको भाउ ओरालो लाग्ने क्रममा छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन २ लाख ८९  हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

सोमबार ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?