सम्पत्ति शुद्धीकरण विभागले देउवा पुत्र जयवीरको नाममा काट्यो सातदिने पुर्जी 

लोकपथ
448
Shares

काठमाडौं । । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ । विभागले सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने बुढानिलकण्ठस्थित भत्काइएको घरमा पुर्जी टाँसेको हो । 

विभागले जयवीरका बुबा शेरबहादुर र आमा आरजु राणा देउवालाई यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते (यद्यपि पत्रमा भने प्राविधिक मिस्टेक गरी २०८३/३/२८) उल्लेख थियो ।

इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी डा. आरजु राणाले २ महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धानमा सदाशयतापूर्वक सहयोग गर्न तत्पर रहेको प्रस्ट पारेका थिए ।

विभागका महानिर्देशकलाई सम्बोधन गरेर पठाइएको ४ पेज लामो इमेलमा स्वास्थ्य उपचारका क्रममा रहेको अवस्थामा आफूहरूलाई ‘देश छाडेर भागेको, अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस्’ भनेर अनुरोधसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?