चुनदेवीमा कांग्रेस इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, पूर्णबहादुर खड्काले गरे उद्घाटन

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा पार्टीका नेता पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछि सोही स्थानमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक पनि बसेको थियो । बैठकमा पार्टीलाई आगामी दिनमा थप सुदृढ, एकताबद्ध र प्रभावशाली बनाउने विषयमा छलफल भएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार नेपाली कांग्रेस विगतमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति रहेकाले वर्तमान चुनौतीका बाबजुद आगामी दिनमा पुनः पहिलो पार्टी बनाउने लक्ष्यसहित संस्थापन इतर पक्ष अघि बढेको छ ।

उनले भने, ‘नेपाली कांग्रेसलाई आगामी दिनमा थप मजबुत, थप एकताबद्ध बनाउँदै लैजान र फेरि देशको सबैभन्दा ठूलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

उनले कांग्रेसलाई पुनः बलियो बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?