काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षको बैठक काठमाडौंको चुनदेवीस्थित कार्यालयमा जारी छ ।
नेता पूर्णबहादुर खड्काले छुट्टै कार्यालय स्थापना गरेर आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् ।
बैठकमा खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र डा.प्रकाशशरण महत लगायतका नेताहरू सहभागी छन् ।
बैठकमा पार्टीको आन्तरिक संगठन, आगामी राजनीतिक रणनीति तथा राष्ट्रिय भेलाको तयारीबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
बैठकले राष्ट्रिय भेला आयोजना गर्ने सम्बन्धमा औपचारिक निर्णय गर्न सक्ने बताइएको छ । यसअघि उक्त समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया