संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : भीष्मराज आङ्देम्बे [पूर्णपाठ]

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले लामो इतिहास बोकेको संविधानमाथि अनावश्यक छेडखानी राम्रो नहुने बताए ।

‘संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन सकेकै छैन । संविधानको संघीयतामाथि, हामीहरूले राज्यको संरचनाको परिकल्पना गरेका छौँ, हाम्रो उपस्थिति खोजेका छौँ, त्यसमाथि छेडखानी भएको छ,’ उनले भने ।

उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदा ‘हात्तीका देखाउने दाँत’ जस्तो भएको टिप्पणी गरे । उनले केही आशा गर्ने ठाउँ भने रहेको बताए ।  

कागजमा सुधार व्यवहारमा अपारदर्शिता रहेको टिप्पणी उनले गरे ।  ‘प्रतिबद्धतामा लोकतन्त्र, अभ्यासमा एकल निर्णय । जनतालाई आशा देखाइयो तर परिणाम निराशाजनक आयो । फेरि पनि भन्छु, लोकतन्त्रमा सरकारको मूल्यांकन प्रचारपत्रले हुँदैन, जनताले गर्ने हुन् । यी सबै कुरा जनताले आफ्नो कालो डायरीमा टिपोट गर्दै गरेका होलान्,’ उनले भने । 

उनले सरकार अपारदर्शी देखिएको टिप्पणी गरे । ‘वर्तमान सरकार पारदर्शिताको नारा दिएर सत्तामा पुगेको हो । तर, सरकार पूर्णतः अपारदर्शी देखिएको छ । सेयर स्वामित्व लुकाएको आरोपपछि तत्कालीन गृहमन्त्रीले राजीनामा दिए । त्यसपछि गठित छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन,’ उनले भने, ‘हामीले पटकपटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग ग¥यौँ । तर, सरकारले निरन्तर लुकाउने काम गरिरहेको छ । प्रतिवेदनमा के निष्कर्ष आयो, कसलाई जिम्मेवार ठहर गरियो र के कारबाही सिफारिस गरियो भन्ने विषय जनतासामु ल्याइएको छैन ।’

आफ्नै मन्त्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न नसक्ने सरकारको कार्यशैलीले सुशासन, पारदर्शिता, नैतिकता र जनविश्वासमाथि गम्भीर प्रश्न खडा गरेको भनाइ उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?