घट्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
357
Shares


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

आइतबार ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?