कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक

लोकपथ
14
Shares

काठमाडौं । स्थानीय प्रशासनले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज रातिदेखि अर्को सूचना जारी नभएसम्म कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक तथा निजी यात्रुबाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने भएको हो ।

प्रशासनले वर्षायाममा पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ ।

कान्ति लोकपथको अधिकांश खण्ड जोखिमयुक्त भौगोलिक तथा भूगर्भीय क्षेत्रमा पर्ने भएकाले मनसुन सक्रिय रहेका बेला जुनसुकै समयमा विपद् हुन सक्ने सम्भावना रहेको प्रशासनको भनाइ छ ।

यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा प्रशासनबाट जारी सूचनाको पालना गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?