प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

लोकपथ
427
Shares

काठमाडौं । प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाह ‘बालेन’ ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

शुक्रबार अपरान्ह ५ बजे (आज) का लागि प्रधानमन्त्री बालेनले संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा संवैधानिक निकायमा रिक्त पदाधिकारीहरुको नियुक्तिका विषयमा छलफल हुने बताइएको छ ।

हाल लामो समयदेखि निर्वाचन आयोगका प्रमुख आयुक्तसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद लगायतका संवैधानिक निकायहरुमा पदहरु रिक्त रहेका छन् ।

संवैधानिक आयोगमा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता रहने व्यवस्था रहेको छ ।

बालेन प्रधानमन्त्री बनेपछिको यो दोस्रो बैठक हो ।

यसअघि गत वैशाख २४ गतेको बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?