होटल तथा रेष्टुरेन्टको अनुगमन गरी कैफियत भेटिए कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन

लोकपथ
91
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बजार अनुगमनलाई तिव्रता दिन देशका ७७ वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् ।

खासगरी होटल तथा रेष्टुरेन्टहरुमा खानाको गुणस्तर स्वच्छता कमजोर रहेको गुनासो आइरहेका बेला गृहमन्त्रीले त्यसबारे चासो देखाएका हुन् ।

केही समयअघि चितवनको एक होटलमा बसेका बेला गृहमन्त्री स्वयमकै ब्रेकफास्टको अम्लेटमा माछाको हड्डी भेटिएको थियो ।

‘होटल तथा रेष्टुरेन्टहरुले प्रदान गर्ने खानाको गुणस्तर, खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्ने । अनुगमन केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउने । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पुर्‍याउने वा प्रचलित कानुनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्म कडा कारबाही गर्ने,’ सीडीओहरुलाई दिइएको निर्देशनमा भनिएको छ ।

यसैगरी आम नागरिकहरुमो गुनासाहरु सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना गरी नागरिक स्तरबाट प्राप्त हुने गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न निर्देशन दिइएको छ ।

गृहमन्त्री गुरुङले स–साना समस्याहरुलाई जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समाधान गर्ने र सानातिना कामका लागि गृहमन्त्रालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न समेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?