काठमाडौं । गायक पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक भएको छ ।
नेपाल आइडल सिजन–२ बाट चर्चामा आएका गिरीले आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको उक्त गीत सोमबार आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
प्रेम, भावना र सम्बन्धका विविध आयामलाई समेटिएको ‘मन भारी’मा भावुक प्रेमकथालाई संगीतमार्फत प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोमा कबिता न्यौपाने र सुनिल थापाको अभिनय रहेको छ ।
भावनात्मक शब्द, मधुर संगीत र कलाकारहरूको अभिनयका कारण ‘मन भारी’ दर्शक तथा श्रोतामाझ रुचाइने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया