काठमाडौं । कुलपूजाका लागि अछाम जाँदै गरेका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरबाट खस्दा पञ्चपुरी नगरपालिका–९ कुलिबाड निवासी ५५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो ।
उनी श्रीमती धौली सुनार, छोरा कमल र बुहारी टिकुलासहित आइतबार दिउँसो कुलदेवताको पूजा गर्न परिवारसहित अछामको तुर्माखाँद गाउँपालिका–४ जुएतर्फ पैदल जाँदै थिए । त्यसैक्रममा चिप्लिएर भीरबाट करिब ३०० मिटर तल खस्दा उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया