काठमाडौं । पत्रकार विनोद ढकाल पक्राउ परेका छन् ।
उनीलाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ढकालले आफ्नो फेसबुक खातामार्फत प्रहरी महानिरीक्षक दानबहादुर कार्की र इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलविरुद्ध विभिन्न टिप्पणी सार्वजनिक गरेका थिए । त्यसै विषयमा इलाका प्रहरी कार्यालय, इटहरीमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।
सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन गर्दै उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया