घमाहा खोला डाइभर्सनमा पानी पसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

लोकपथ
98
Shares

बुटवल । लगातारको वर्षाका कारण रुपन्देहीको सैनामैना नगरपालिकास्थित घमाहा खोला डाइभर्सनमा पानी पसेपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

डाइभर्सनमाथिबाटै पानी बग्न थालेपछि सो सडकखण्डबाट कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको हो ।

बिहीबारदेखि परेको अविरल वर्षापछि खोला बढ्दा डाइभर्सन पूर्ण रूपमा डुबानमा परेको स्थानीयले बताएका छन् ।

सम्बन्धित निकायले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पानीको बहाव घटेपछि मात्र डाइभर्सनमार्फत पुनः सवारी सञ्चालन सम्भव हुने जनाइएको छ ।

हाल केही दिनअघि मात्रै निर्माण गरिएको उक्त डाइभर्सन पुनः अवरुद्ध हुँदा आवागमनमा थप समस्या उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?