रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित

लोकपथ
140
Shares

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन अन्तर्गत सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

पार्टीको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रियामा अन्य कुनै दाबेदार नउठेपछि लामिछाने पुनः सभापतिको जिम्मेवारीमा चयन भएका हुन् । महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार तथा राजनीतिक रणनीतिबारे पनि छलफल भइरहेको छ ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक यात्रालाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?