कांग्रेसले किन बोलायो संसदीय दलको बैठक ?

लोकपथ
77
Shares
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारको कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् ।

आजको बैठकमा संसदीय समितिका गतिविधि, सदनमा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?