रास्वपा महाधिवेशनलाई छेको पारेर प्रतिनिधि सभा बैठक ६ दिनका लागि स्थगित

लोकपथ
378
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित भएको छ । अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको थियो । प्रतिनिधि सभाबाट बजेट र त्यससँग सम्बन्धित विधेयक पारित भइसकेका छन् ।

त्यसो आगामी असार ७ गतेबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन हुँदैछ । रास्वपाका सांसदहरु महाधिवेशन केन्द्रित हुने देखिएपछि एकैपटक ६ दिन बैठक स्थगित गरिएको भन्दै आलोचना समेत भइरहेको छ ।

यसअघि रास्वपाको वडा जिल्ला र प्रदेश अधिवेशनका बेला समेत लामो समय प्रतिनिधि सभा बैठक स्थगित गरिएको भन्दै आलोचना भएको थियो ।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुन लागेको हो । असार ७, ८ र ९ गते महाधिवेशन हुने भएसँगै धेरै अधिकांश सांसदहरु त्यहाँ उपस्थित हुने पूर्वानुमानपछि ६ दिनका लागि बैठक स्थगित गरिएको बुझिएको छ ।

त्यसो त बिहीबार प्रतिनिधि सभाबाट बजेट पारित भइसकेको छ । तर अन्य विधेयकहरुका विषयमा छलफल हुने भए पनि लामो समय प्रतिनिधि सभा बैठक स्थगित हुँदा छलफल प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?