काठमाडौं । आरजु राणा देउवालाई बयानमा उपस्थित हुन भन्दै राणाको बुढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेको छ । प्रकरणमा परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानमा उपस्थित हुन भन्दै राणाको बुढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेको छ ।
तत्कालीन परराष्ट्रमन्त्री डा.राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो । म्याद तामेली प्रक्रियामा देउवा परिवारका कुनै सदस्य भने सामेल नभएको जनाइएको छ ।
अख्तियारले पासपोर्ट छपाइ खरिद प्रक्रियामा राणाको संलग्नताको आशंकासहित बयानका लागि म्याद तामेल गरेको हो ।
तत्कालीन परराष्ट्रमन्त्री राणाको हस्तक्षेपका कारण योग्यता नपुगेको र बढी रकम कबुल गरेको कम्पनीले ठेक्का पाएको आशंकासहित अख्तियारले अनुसन्धान अघि बढाइरहेको छ । म्याद टाँसेर बयानका लागि बोलाउँदा समेत उपस्थित नभए के गर्ने भन्नेबारे अख्तियारमा छलफल चलिरहेको जनाइएको छ ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती अहिले हङकङमा रहेको जनाइएको छ । उनीहरूले दुई दिनअघि मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतमा पत्र पठाएर दुई महिनापछि नेपाल फर्किने जानकारी गराएका थिए ।
यस्तो छ अख्तियारको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया