रूपन्देही । नेकपा एमालेले पार्टी संगठनलाई बलियो बनाउने र पछिल्लो निर्वाचनको समीक्षा गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशस्तरीय बैठक सुरु गर्ने भएको छ । कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि एमालेको केन्द्रीय टोली लुम्बिनी आएको हो ।
कपिलवस्तुको चनौटामा हुने बैठकमा पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन्। बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायत सहभागी हुनेछन् ।
बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहनेछ ।
बैठकमा पार्टी संगठन पुनःगठन, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया