राप्रपाको  कार्यसम्पादन समिति बैठक आज, केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १२:३० बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकले असार ५ र ६ गते हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने जनाइएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक असार ५ गते बिहान ११ बजे धुम्बाराहीस्थित सूर्य ब्यांकेटमा बोलाइएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?