काठमाडौं । चितवन उद्योग संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन बन्दसत्रका लागि आफ्नो हल प्रयोग गर्न दिनुअघि सरकारको आधिकारिक स्पष्ट निर्णयसहितको पत्र माग गरेको छ ।
संघका अध्यक्ष मदन घिमिरेका अनुसार आज बसेको पदाधिकारी तथा काउन्सिल सदस्यहरूको बैठकले सरकारबाट स्पष्ट निर्देशन नआएसम्म हल उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।
संघले भोगाधिकारसहित सञ्चालन अनुमति पाएकोले औद्योगिक प्रदर्शनी र विपद् व्यवस्थापन बाहेक अन्य प्रयोजनमा हल प्रयोग गर्न नपाइने मन्त्रिपरिषद्को निर्णय रहेको जनाएको छ ।
रास्वपाले आगामी असार ७ देखि ९ गते चितवनमा हुने महाधिवेशनको बन्दसत्रका लागि उक्त हल प्रयोग गर्न अनुमति मागेको थियो । उद्योग मन्त्रालयले भने एकपटकका लागि हल प्रयोग गर्न दिन अनुरोध गरेको पत्र पठाएको छ ।
तर संघले उक्त अनुरोध मात्र पर्याप्त नभएको भन्दै कुन निकायबाट निर्णय संशोधन वा विशेष निर्देशन आएको हो भन्ने स्पष्ट पत्र नआएसम्म अनुमति नदिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया