राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राप्रपाकी सांसद खुश्बु ओलीले करका दरमा गरिएको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेकी हुन् ।

उनले निष्पक्ष छानबिन नहुँदासम्म अर्थमन्त्रीले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताइन् । करका दरमा भएको संशोधनबारे विश्वसनीय र निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराइन् ।

सांसद ओलीले भनिन्, करका दर संशोधनको विषय गम्भीर कुशासन र सम्भावित भ्रष्टाचारसँग जोडिएको हुनसक्ने भएकाले छानबिन प्रक्रिया पूरा नहुँदासम्म अर्थमन्त्री पदमा बसिरहनु उचित नहुने टिप्पणी गरिन् ।

यसअघि पनि आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा रहेको विवरणबीच करका दरमा एकरुपता नभएको भन्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि आलोचना हुँदै आएको छ ।

संसदमा उठेको यस विषयले पछिल्लो समय आर्थिक विधेयकको विश्वसनीयता र कर नीतिको पारदर्शिताबारे थप बहस चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?