काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल ९डीपी अर्याल० ले संसदको कामकारबाही निर्वाध रूपमा अघि बढाउन आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले विरोध जनाएपछि सभामुख अर्यालले सो आग्रह गरेका हुन् ।
उनले सदनमा विरोध गरिरहेका विपक्षी दलका सांसदहरूतर्फ लक्षित गर्दै राष्ट्रियताको विषयमा प्रतिस्पर्धा गर्न आग्रह गरे ।
त्यस्तै जनताको जनजीविका र भ्रष्टाचारको विषयमा प्रतिस्पर्धा गर्न आग्रह गरे ।
‘राष्ट्र राष्ट्रियता र देशका जनताको जनजीविकाको सवालमा प्रतिस्पर्धा गरौँ । प्रतिस्पर्धा, सभामुखसँग होइन, देशको भ्रष्टाचारसँग गरौँ, सुशासनसँग गरौँ, प्रतिस्पर्धा के मा गर्ने त्यसमा ध्यान दिऔँ मान्य सदस्य,’ उनले भने ।
आफूले आइतबार पनि छलफल र संवादका लागि पहल गरेको र आज ९सोमबार० वर्णव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका सांसद रुले त्यसलाई अटेर गरेको गुनासो गरे ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिचेको दाबी गरेका थिए ।
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियतामाथि गम्भीर आँच पुगेको भन्दै त्यसबारे संसदमै आएर जवाफ दिन विपक्षीहरूले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया