काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइएको छ ।
शनिबार बिहान ललितपुरस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनलाई अहिले साइबर ब्यूरो ल्याएर छलफलको तयारी गरिएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दियो ।
‘हो, उहाँलाई भर्खरै साइबर ब्यूरो ल्याइएको छ,’ स्रोतले लोकपथसँग भने ।
कमेडियन एवं रास्वपा नेपाल हिमेश पन्तको उजुरीका आधारमा उनलाई छलफलका लागि ल्याइएको हो ।
समाचारको विषयमा हिमेशको उजुरीका आधारमा पत्रकार श्रेष्ठलाई सोधपुछका लागि ल्याइए पनि सामान्य छलफल मात्रै हुन्छ या उनलाई थप त्यही राखिन्छ भन्ने विषयमा भने स्रोतले खुलाएन ।
त्यसो त यसअघि साइबर ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीसँग लोकपथले कुराकानी गरेको थियो । उनले श्रेष्ठलाई लिन प्रहरीको टोली घर नपुगेको दाबी गरेका थिए । साथै श्रेष्ठसँग आजै छलफलको तयारी रहेको बताएका थिए ।
यसअघि प्रकाशित यो पनि…
साइबर ब्यूरोले भन्यो– ‘किशोर श्रेष्ठलाई पक्राउ गरिएको छैन, आज छलफल चाँही हुन्छ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया