काठमाडौं । कोशी प्रदेशमा हुने श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अबदेखि सो पार्टीका अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने भएको छ ।
सो पार्टीको कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पत्रमार्फत यस्तो निर्देशन दिएका हुन् ।
पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने ..,’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया