काठमाडौं । काठमाडौंको खिचापोखरीबाट प्रहरीले ६ करोड रुपैयाँबराबरको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । ती भेप तस्करी गरी ल्याएको आरोपमा प्रहरीले ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खिचापोखरीस्थित स्माइल योर च्वाइस पसल र भेपमान्डु ट्रेडर्सको गोदामबाट भेप बरामद गरेको हो । बरामद भेपको संख्या २८ हजार ५०० वटा रहेको प्रहरीले बताएको छ ।
न्यूरोड क्षेत्रमा भेपको अवैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी ती गोदाममा छापा मारेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया