ईयू आबद्ध मुलुकका राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक छलफल सिंहदरबारमा

लोकपथ
0
Shares

काठमाडौं । युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलका लागि सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह ले मंगलबार ईयूआवद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूलाई सामूहिक छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफल नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित रहने जनाइएको छ ।

यसअघि पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग यस्तै प्रकारको सामूहिक छलफल गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?