अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पर्यटन मन्त्रालयका नीति-कार्यक्रमबारे छलफल

लोकपथ
56
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमका बारेमा छलफल भएको छ । 

मंगलवार बसेको बैठकमा मन्त्रालयको चालूको योजना र आगामी बजेटका बारेमा छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन् । 

बैठकमा आगामी बजेट, नीति, योजना तथा कार्य योजनाका विषयमा सांसदहरूले आ–आफ्ना धारणा राखेको थियो । छलफलका क्रममा सांसदहरुले अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्नुपर्ने, पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने विषय उठाएको उनले जानकारी दिइन् । 

उनले भनिन्, ‘मन्त्रालयको आगामी बजेट, आगामी नीति, योजना र कार्य योजनाका बारेमा छलफल भयो । अन्तर्राष्ट्रिय विमानस्थललाई अपडेट गर्नुपर्ने, पर्यटन क्षेत्रलाई सम्बोधन गर्नुपर्ने, संस्कृतिलाई संरक्षण गर्नुपर्ने लगायतका कुराहरू सांसदहरुले उठाउनुभयो । छलफल सामान्य थियो, सरकारलाई निर्देशन नै दिनुपर्ने खालको थिएन ।’

सभापति उदासले छलफल सामान्य प्रकृतिको रहेको उल्लेख गर्दे सरकारलाई निर्देशन दिने खालको नभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?