काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
हिजो बिहीबार २ लाख ९३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सयले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो ।
बिहीबार ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया