प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए शपथ

लोकपथ
49
Shares

काठमाडौं । प्रधानन्यायाधीशका रुपमा डा. मनोजकुमार शर्माले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मंगलबार अपरान्ह राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा प्रधानन्यायाधीशका रुपमा शर्माले शपथग्रहण गरेका हुन् ।

संसदीय सुनुवाई समितिले शर्माको नाम अनुमोदन गरेसँगै उनले शपथग्रहण गरेका हुन् ।

संवैधानिक परिषद्को बैठकले पूरानो परम्परा भत्काउँदै शर्मालाई प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेको थियो । सर्वोच्चको कायममुकायम प्रधानन्यायधीश समेत रहेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाउँदै संवैधानिक परिषद्ले उनको नाम सिफारिस गरेको भन्दै आलोचना समेत भएको थियो ।

आज बसेको संसदीय सुनुवाई समितिको बैठकले शर्माविरुद्ध परेको उजुरीबारे छलफल गर्दै सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो ।

त्यसो त प्रधानन्याधीश शपथसँगै शर्माले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?