काठमाडौं । सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दुतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
विभिन्न देशमा रहेका अवैतनिक दुतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यसैगरी बैठकले यही वैशाख २८ गते सोमबार अपरान्ह ४ बजे संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्र रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदहरूलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताए ।
उनले भने,‘सम्माननीय राष्ट्रपति ज्यु समक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत २०८३ साल वैशाख २८ गते सोमवारका दिन ४ बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय उपस्थिति आह्वान गर्ने । विदेशस्थित १५ जना नेपाली अनरली काउन्सिल जनरल तथा काउन्सिलरलाई पदमुक्त गर्ने । अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ पी ०२९ अनुमोदनमा लागि संघीय संसदमा पेस गर्न स्वीकृति दिने । असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।’
त्यसै गरी मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया