संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट दायर

लोकपथ
0
Shares

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा.प्रेम सिलवालले छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

उनीहरूले संवैधानिक परिषद्को निर्णय संविधानको मर्म विपरीत र स्वेच्छाचारी भएको दाबी गरेका छन् । त्रिपाठीले दायर गरेको रिटमा उक्त निर्णय बदर गरी वरीयताका आधारमा सिफारिस गर्न माग गरिएको छ ।

रिटमा निर्णय कार्यान्वयन नगर्न र संसदीय सुनुवाइ प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश पनि माग गरिएको छ ।

अधिवक्ता ढकालले भने परिषद्को बैठक ४८ घण्टाको सूचना नदिई बोलाइएको र प्रक्रिया नै असंवैधानिक भएको दाबी गरेका छन् ।

संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । तर उनीभन्दा माथिल्लो वरीयतामा सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?