ममाथि मिडिया ट्रायल भयो, गल्ती नगरेकाले डर छैन : जगदीश खरेल

लोकपथ
0
Shares

काठमाडौं । पूर्व सञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको दाबी गरेका छन् ।

उनी अन्तरिम सरकारको सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमको अर्बौँ रकम हिनामिना गरेको आरोप लागेपछि खरेलले स्पष्टीकरण दिएका हुन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेका खरेलले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फेक न्यूज फैलाइएको भन्दै आपत्ति जनाए ।

आफू कार्यक्रमको सिलसिलामा स्वीजरल्याण्डमा रहेको बताउँदै उनले आफूले कुनै पनि गल्ती नगरेको समेत दाबी गरेका छन् ।

खरेलले सामाजिक सञ्जालमा भनेका छन् :

प्रिय शुभचिन्तकहरु । अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?