काठमाडौं । क्षम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशभरका सुकुमबासी बस्तीहरू सरकारको डोजर आतंकका कारण जोखिममा परेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्राकृतिक विपत्तिभन्दा सरकारी कदमले नै सुकुमबासीहरूलाई बढी त्रास सिर्जना गरेको बताएका हुन् ।
उनले देशभरका सुकुमबासी बस्तीहरू बाढी, पहिरो वा भूकम्पका कारण नभई सरकारद्वारा सञ्चालन गरिएका डोजर अभियानका कारण असुरक्षित बनेको दाबी गरे ।
‘देशभरका सुकुमबासी बस्तीहरू जोखिममा छन् । बाढी, पहिरो र भूकम्पले होइन, सरकार र सरकारी डोजरको आतंकले,‘उनले भनेका छन् ।
साम्पाङले सुकुमबासीहरूको संरक्षण र व्यवस्थापनमा संवेदनशील बन्न सरकारसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया