सेवाग्राहीसँग ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवलदार अख्तियारको नियन्त्रणमा

लोकपथ
77
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवलदारलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीले लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

पोखराबाट खटिएको अख्तियारको टोलीले शनिबार उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । हाल उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?