भक्तपुर । मनोहरा नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूको बस्ती खाली गराउने कार्य आज बिहानदेखि उच्च सुरक्षा सतर्कतासहित सुरु गरिएको छ ।
प्रहरीका अनुसार उपत्यकाभरका विभिन्न प्रहरी युनिटहरू तथा अन्य सुरक्षा निकाय परिचालन गरी बस्ती खाली गराउने काम भइरहेको छ । हाल बासिन्दाहरूले आफ्ना सामानहरू सारिरहेका छन् भने सुरक्षाकर्मीहरूले त्यसमा सहयोग गरिरहेका छन् ।
शनिबार बस्ती खाली गराउने क्रममा केही व्यक्तिले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । उक्त घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रशासनले केही समयभित्रै उक्त क्षेत्रमा डोजर चलाएर संरचना हटाउने तयारी गरेको छ । मनोहरा नदी किनारको अतिक्रमण हटाउने अभियान अन्तर्गत यो कदम चालिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया