काठमाडौं । सुकुमबासी व्यवस्थापनको विषयमा उज्यालो नेपाल पार्टीले दीर्घकालीन समाधानको माग गरेको छ ।
सुकुमबासी हटाउने कार्य सुरु भएपछि पार्टीले विज्ञप्ति जारी गर्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको हो । वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग पार्टीले अघि सारेको छ ।
विज्ञप्तिमा बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष सम्बन्धित संवेदनशील विषय भएकाले वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।
यस्तै, पार्टीले समस्या समाधानका लागि सबै पक्षलाई संवाद र सहमतिको मार्ग अपनाउन आह्वान पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया