कृषि नीति सुधारका लागि रास्वपाको सुझाव संकलन अभियान

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका कृषक तथा सरोकारवालासँग सुझाव संकलन अभियान सुरु गरेको छ ।

पार्टीको केन्द्रीय कृषि विभागले दीगो र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि व्यावहारिक कृषि नीति बनाउन यो अभियान सुरु गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै रास्वपाले नेपालको अर्थतन्त्रको मुख्य आधार भए पनि कृषि क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेको उल्लेख गरेको छ । विज्ञप्तिमा नीतिगत अस्पष्टता, व्यवहारिक समस्या र आधुनिक प्रविधिको अभावका कारण किसानहरू अझै समस्यामा रहेको जनाइएको छ ।

पार्टीले किसानकै अनुभवका आधारमा समस्या र समाधान संकलन गर्ने उद्देश्य राखेको छ । संकलित सुझावका आधारमा कृषि आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधारका लागि सरकारलाई सुझाव दिने तथा आवश्यक नीति सुधारका लागि पहल गर्ने बताइएको छ ।

किसान तथा सरोकारवालालाई आफ्ना समस्या र सुझाव लिखित रूपमा वा पार्टी कार्यालयमा पुगेर बुझाउन आग्रह गरिएको छ ।

रास्वपाले नीतिगत सुधार, कृषि सहायता, बजार व्यवस्थापन, उत्पादनपछिको मूल्य अभिवृद्धि, भुक्तानी प्रणाली, सिँचाइ, आधुनिक प्रविधि र जलवायु परिवर्तनसँग जुध्ने उपायजस्ता क्षेत्रमा सुझाव संकलन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?