काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा दुई नेत्रीलाई निलम्बन गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य नानीमैयाँ आचार्य (नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी सचिव चम्पा अधिकारी (चाहना अधिकारी, काठमाडौं) लाई निलम्बन गरिएको हो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार पार्टी विधानको धारा ३२(ङ) बमोजिम उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार पार्टीको निर्णय र हित विपरीत कार्य गर्दै अनुशासन उल्लङ्घन गरेको ठहर भएपछि केन्द्रीय अनुशासन समितिको सिफारिसमा उनीहरूलाई कारबाही गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा दुई नेत्रीलाई निलम्बन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया